एकाबिहानै काठमाडौंमा भूकम्पको ठूलो धक्का…

काठमाडौं,भदौ ३१ । काठमाडौं उपत्यका र यसका आसपासको जिल्लामा एकाबिहानै भूकम्पको ठुलो धक्का महसुस गरिएको छ । आज बुधबार बिहान ५ बजेर २० मिनेटमा भुकम्प धक्का महसुस गरिएको हो । धक्कापछि मान्छेहरु कराउँदै घर बाहिर निस्किएका थिँए ।

भुकम्प कति रेक्टरको गएको हो र कुन ठाउँ केन्दबिन्दु भएर गएको हो भन्ने आधिकारीक जानकारी भने आइसकेको छैन । यसबारे केहीबेरमा आउने भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति September 15, 2020
Loading...