सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्याग्निच्यूडको भूकम्प

काठमाडौं, भदौ ३१ । सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। उनले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बताए ।

यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो । कतिपय कराउँदै घर बाहिर दौडिएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

यसअघि भदौ २६ गते नेपाल-भारत सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 16, 2020