काठमाडौं, भदौ ३१ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै आज काठमाडौंको जोरपाटीमा जु लुस प्रदर्शन गरिएको छ । योग्यता र क्षमता हुँदा हुँदैपनि उनलाई प्राधिकरणको कार्यकारी निर्देशनकमा निरन्तरता नदिइएको भन्दै जु लुस प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरुले कुलमान जतिको योग्य मानिसलाई निरन्तरता नदिएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
नेपाललाई लोडसेडिङ मुक्त गराएका घिसिङ भदौ २८ गतेवाट पदमुक्त भएका हुन् । उनको मंगलबार विद्युत प्राधिकरणले विदाइ गरेको थियो ।
२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।
प्रकाशित मिति September 16, 2020