कुलमान समर्थित प्रदर्शन रोक्न माइतीघरमा व्यापक प्रहरी परिचालन (फोटो-फिचर)

काठमाडौं, भदौ ३१ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै आज माइतीघरमा आम नागरिकले गर्ने भनिएको प्रदर्शन रोक्न व्यापक प्रहरी परिचालन भएको छ ।

माइतीघरमा अहिलेसम्म १,२ जनालाई पनि प्रहरीले जम्मा हुन दिएको छैन, प्रहरीले कुलमानको समर्थन जनाउन आउनेलाई बाटै बाट ल’खेटि’रहेका छन् । त्यस क्षेत्रमा दर्जनौं संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

आम सर्बसाधारणले योग्यता र क्षमता हुँदा हुँदैपनि उनलाई प्राधिकरणको कार्यकारी निर्देशनकमा निरन्तरता नदिइएको भन्दै देशको विभिन्न ठाउँमा  बिहानैदेखि सरकारविरुद्ध प्रदर्शन सुरु गरेका छन् ।

नेपाललाई लोडसेडिङ मुक्त गराएका घिसिङ भदौ २८ गतेवाट पदमुक्त भएका हुन् । उनको मंगलबार विद्युत प्राधिकरणले विदाइ गरेको थियो ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 16, 2020
Loading...