शिव परियार र अर्जुन पोखरेलको दशैं तिहार गीत ‘मेरी आमा’ सार्वजनिक (भिडियो सहित)

युएई – नेपालीहरुको महान चाड बडादशैं तथा दिपावली नजिकिदै गर्दा दशैं तिहारका गीत जताततै बज्न थालेका छन् यसै क्रमलाई निरन्तरता दिदै परदेशी कलाकार केशब कटुवालले पनि दशैं तिहार गीत “मेरी आमा” सार्वजनिक गरेका छन्। जसमा परदेशबाट आमाको सम्झनाका कथाहरु समेटिएका छन।

अहिलेका चर्चित गायक शिव परियारको सुमधुर स्वर रहेको छ भने संगीत चर्चित संगीतकार अर्जुन पोखरेलले गरेका छन् र संगीत संयोजन पनि उनकै रहेको छ । उक्त गीतमा शब्द भने केशब कटुवालको रहेको छ र उनि परदेशमा नै बसेर नेपाली गीतसंगीतलाइ माया गर्दै आइरहेका एक कलाकार हुन् ।

उक्त गीतको भिडियोमा केशब कटुवालकै निर्देशन रहेको छ भने भिडियोको छायांकन राम कुमार केसी, मार्क सुब्बा र सम्पादन टेकेन्द्र शाह र मिराज अर्यालको रहेको छ। गीतको भिडियोमा गीतकार तथा मोडल दिपिका भट्ट,भावना घिमिरे र मविरा भट्टराईले केशब कटुवाललाइ साथ दिएका छन् भने उक्त म्युजिक भिडियो ‘दि एबि प्रेजेन्ट नेपाल’ युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।  बाँकि भिडियोमा हेर्नुहोस – 

प्रकाशित मिति September 16, 2020