मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौं, भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शं’कास्पद व्यक्तिको मृत्युपछि श वबाट नमुना निकाली कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर श व व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

श व बाट नमुना निकाली कोरोना संक्रमण परीक्षण गर्ने काम नगर्न नगराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने पनि बताए ।

                                                                        कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृ त्यु भएकाहरुको स्वा ब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा मृत्यु भएका धेरै जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । तर अब सरकारले मृ त्यु भइसककोहरुको कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 16, 2020
Loading...