सरकारको आफन्त पोस्ने धन्दा : सम्धीपछि भाईलाई नियुक्ति !

काठमाडौं, भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापालाई मनोनयन गरेका छन्। बुधबार मन्त्री ढकालले बोर्डको सदस्यमा मनोनयन गरेको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतिले जानकारी दिए।

उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ। मन्त्री ढकालले डा तिवारीलाई विज्ञ र विमितका तर्फका थापालाई मनोनयन गरेको बताइएको छ। स्वास्थ्य बीमा ऐन २०७४ मा सम्बन्धित विषयमा पाँच बर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तिमा दुई जना महिला सहित तीन जना र बिमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने व्यवस्था छ।

मनोनियत दुबै सदस्यले बुधबार नै स्वास्थ्यमन्त्री ढकालको उपस्थितमा बोर्डका अध्यक्ष उप्रेतीबाट सपथ लिएका छन्। प्युठानका चन्द्रबहादुर थापा क्षेत्री प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका भाइ हुन् । उनि तिलगंगा आँखा अस्पतालका कर्मचारी हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा रक्षामन्त्री ईश्वर पोखरेलका निकटस्थ मानिन्छन् ।                                                                                                          उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि सरकारको व्यापक आलोचना भएको थियो । नेकपा सरकारमा नातावाद, परिवारवाद मौलाएको भन्दै आम सर्वसाधारण तथा नेकपाकै केहि नेताहरूले सरकारप्रति तिब्र असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 16, 2020
Loading...