एमसीसी परिमार्जनसहित पारित हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी, असोज १ । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसी परिमार्जनसहित पारित हुने बताउनुभएको छ । सरकार त्यसको तयारीमा रहेको बताउदै उहाँले उक्त परियोजनाबारेका केही अस्पष्ट कुराहरुबारे स्पष्ट हुँदै केही बुँदाहरुलाई परिमार्जन गरी पारित गरिने बताउनुभयो ।

गुल्मीको तम्घासमा कोरोना परीक्षण प्रयोगशाला उद्घाटन गर्न आउनुभएका प्रवक्ता मन्त्री ज्ञवालीले बिहीबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै त्यस्तो बताउनुभएको हो ।

उहाँले एमसीसीको बारेमा केही नबुझी बाहिर धेरै ह’ल्ला फैलाइएको बताउँदै हल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभयो । प्रवक्ता ज्ञवालीले केही तत्वहरुले एमसीसी पारित भए नेपालमा अमेरिकी सेना आउँछ र उसले ह स्तक्षेप गर्छ भन्ने ह’ल्ला फैलाइएको टिप्पणी गर्दै पहिले एमसीसीबारे स्पस्ट हुन आग्रह गर्नुभयो ।

अर्को एक प्रसङ्गमा मन्त्री ज्ञवालीले भारतद्धारा मिचिएको भूमि फिर्ता ल्याउनका लागि भारतसँग निरन्तर रुपमा कुटनैतिक संवाद र छलफल भइरहेको जानकारी गराउनुभयो । उहाँले नेपाली भूमि फिर्ता गराएरै छाड्ने पनि बताउनुभयो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 17, 2020
Loading...