संसारकै अग्लो भवनमा नेपालको रास्ट्रीय झण्डा झलमलाइने

युएई । नेपालको संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको रास्ट्रीय झण्डा झलमलाइने भएको छ।

आबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै गत वर्षझै युएई स्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले शनिबार साँझ ८ बजे दुबई स्थित संसारकै अग्लो भवन बुर्ज खलिफा र राजधानी आबुधाबीमा रहेको एड्नक विल्डिङमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको जनाएको छ।

गत वर्ष संविधान दिवसको अवसरमा बुर्ज खलिफा र एड्नक विल्डिङको भवनमा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो । दुबई रहेको संसारकै अग्लो भवन बुर्ज खलिफाको उचाई ८२९.८ मिटर छ ।

दुवई शहरको पश्चिमी भागको अरब सागर तटमा निर्मित यो भवन सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । यो भवन १६३ तलाको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 18, 2020
Loading...