एजेन्सी : अमेरिकामा आइतबार अर्थात भोलिदेखी भिडियो शेयरिङ एप्स टिकटक र म्यासेन्जिङ एप वीच्याटमा प्रतिवन्ध लाग्ने भएको छ । अमेरिकाको वाणिज्य विभागले दुई चिनिया एप्स डाउनलोडमा प्रतिबन्ध घोषणा गरेको हो ।
कुनैपनि एप्स स्टोरवाट दुबै एप्स डाउनलोड गर्न नपाइने विभागले जनाएको छ । भोलिदेखि डाउनलोडमा प्रतिवन्ध लगाइए पनि यस अघिका प्रयोगकर्ताले भने आगामी नोभेम्बरसम्म चलाउन सक्नेछन् । सो पश्चात प्रयोग पूर्ण रुपमा निषेध गर्ने अमेरिकाको तयारी छ ।
चिनियाँ एप्समार्फत राष्ट्रिय सुरक्षामा ख तरा उत्पन्न भएको तथा तथ्यांक चो री भएको आरोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउदै आएका छन् । टिकटकले भने आरोपको खण्डन गर्दै अमेरिकी जनताको जिवनशैली बनेको सो एपमा लगाइएको प्रतिवन्धले आफु नि राश भएको जनाएको छ ।
वीच्याटले पनि अमेरिकाको कदम दु र्भाग्यपूर्ण भएको बताएको छ । दुबैले अमेरिकी निर्णयको विरुद्ध कानूनी प्रक्रियामा जाने बताएका छन् ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।
प्रकाशित मिति September 19, 2020