कुलमानको आग्रह : मेरो समर्थनमा प्रदर्शन नगरिदिनुहोला

काठमाडौं, असोज ३ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा प्रदर्शन नगरिदिन आग्रह गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले प्राधिकरणको कार्यकारी नेतृत्व परिवर्तनको अधिकार नेपाल सरकारसँग भएको भन्दै को रोना म हामारीको बेला विरोध प्रदर्शन नगर्न आग्रह गरेका हुन् ।

विरोध प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै कुलमानले नेतृत्व परिवर्तन हुनु नियमित प्रक्रिया भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै काठमाडौंसहित देशको विभिन्न ठाँउमा केही दिनदेखि प्रदर्शन भैरहेको छ ।

चार वर्षे कार्यकाल पूरा गरेर कुलमानले भदौ २९ गते विद्युत प्राधिकरणबाट बिदा भएका थिए । नेपाललाई लोडसेडिङमुक्त र प्राधिकरणलाई नाफामा लगेकाले उनलाई पुन कार्यकारी निर्देशन बनाउनुपर्ने माग उठदै आएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 19, 2020