श्रीलंकन मन्‍त्री भाषणगर्न जब नरिवलको रुख चढे…

एजेन्सी : श्रीलंकाका एक मन्त्रीले नरिवल अभावबारे जनसभालाई सम्बोधन गर्न नरिवलको रुख चढेर भाषण गरेका छन् ।

श्रीलंकाका राज्यमन्त्री अरुन्दिका फर्नान्डो नामका मन्त्रीले यस्तो हर्कत् गरेका हुन् । यस्तै स्थानीय उद्योगका लागि उच्च माग र घरेलु खपतका लागि ७०० मिलियन नरिवल अभाव भएको उनले बताएका छन् । ‘हामी आशा गर्छौँ नरिवलका लागि खेतीयोग्य हरेक जमिनलाई सदुपयोग गर्छौँ । र देशलाई विदेशी मुद्रा भित्र्याउने गरी उद्योगको विकास गर्नेछौँ,’ मन्त्री फर्नान्डोले भने ।

साथै बजारमा धेरै माग भएपछि नरिवल अभावको समस्या समाधान गर्न देशभित्र मुल्य घटाउने लक्ष्य सरकारले राखेको उनले बताए । उनले नरिबलको रुख चढेर केही नरिबल पनि टिपेका थिए । स्थानीय पत्रिका न्युज फस्र्टका अनुसार राज्यमन्त्री फर्नान्डोलाई भाषणपछि रुखबाट तल ओराल्न उनका समर्थकलाई हम्मे हम्मे परेको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 19, 2020