युएईमा संबिधान दिवस मनाइयो, १०५ देशका कुटनितिज्ञलाई भिजिट नेपाल २०२० को निम्तो

आबुधाबी, युएई।

नेपालको संविधान जारी भएको दिनको सम्झनामा युएईमा रहेको नेपाली राजदुतावासले राजधानी आबुधाबी स्थित होटल Bab Al Qasar मा एक विशेष कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा यूएई सरकारका तर्फबाट परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव अहमद सारी अल मजरोई, युएई स्थित विभिन्न मुलुकका राजदुतहरु तथा विभिन्न कुटनिटिक नियोगका पदाधिकारी गरी १०५ देशका प्रतिनिधिहरु लगाएत गैर आवासीय नेपाली संघ, आदिवासी जनजाती महासघ ,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, दुतावासबाट आमन्त्रित नेपाली समुदायको उपस्थिति रहेको थियो । करिब २ लाख ५० हजार नेपाली युएईमा कार्यरत रहेको जनाउदै नेपाली राजदूत कृष्ण प्रसाद ढकालले युएईमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई संबिधान दिवसको अवसरमा शुभकामना दिदै आफुले चाहेको आर्थिक समृद्धि, सुस्वास्थ एवम् उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो ।

 


प्रमुख अतिथि मजरोईले यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालसँग कुरा गर्दै द्विपक्षीय कुटनीतिक तथा कला संस्कृति र पर्यटन प्रवर्द्धनमा चासो राख्नु भएको थियो । मजरोईले नेपालका तर्फबाट दूतावासले कार्यक्रम स्थलमा राखेको फोटो, नेपाली उत्पादन प्रदर्शनी तथा कला कौशलको विशेष रुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा संवोधन गर्दै राजदूत ढकालले ५१ देशका राजदूत तथा ५४ उपनियोग प्रमुख तथा विभिन्न निकायका प्रतिनिधि पाहुनाहरुलाई नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को चर्चा गर्दै उक्त अवसरमा नेपाल भ्रमण गर्न विशेष आब्व्हान गर्नुभएको थियो । बिदेशी पाहुनाहरुले नेपाली कला संस्कृति भेषभुषाले झल्किने प्रस्तुतिले मिनी नेपालको झल्को दिएको र आफ्नो जीवनकालमा एकपटक नेपाल हेर्न जान चाहेको बताउनु भएको थियो ।

कार्यक्रममा सबै विदेशी पाहुनालाई नेपाल चिया कफी बोर्डबाट ल्याएको विशेष चिया कफी तथा नेपाली उत्पादन कोसेली दिइएको थियो । नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै निर्यातजन्य सामाग्री कोसेलीस्वरुप प्रदान गरिएको हो ।

 

राजदुत ढकालले नेपाली हरुको उज्ज्वल भबिस्यको मार्गचित्र तय गरेको र वर्तमान सरकारले समृद्र नेपाल, सुखी नेपालीको परीकल्पना पूरा गर्ने बलियो आधार बनेको ब्यहोरा व्यक्त गर्नुभएको थियो। मन्तव्य को क्रममा राजदुत ढकालले वर्तमान संविधान कार्यन्वयनमा आएपछि नेपालले आर्थिक,सामाजिक ,राजनीतिक ,लगायतका विकासका पक्षमा उत्साहजनक प्रगति हासिल गरेको विषय समेत प्रस्तुत गर्नुभएको थियो । नेपाल र युएई बिच कायम रहेको समुधर सम्बन्धको बारेमा आफ्नो सन्तुष्टि व्यक्त गर्दै दुई देश बीच श्रम, पर्यटन ,आर्थिक ,वाणिज्य ,सांस्कृतिक लगायतका बहुआयामिक क्षेत्रहरुमा सहकार्य गर्दै जाने कुरामा जोड दिनुभएको थियो। राजदुत ढकाललेे भुकम्प गएको बेला युएईले गरेको सहयोग, संविधान दिवसको अवसरमा बुर्ज खालिफामा नेपाल झन्डा झलमलाएको विषयमा खुलेर प्रसंशा गर्नुभएको थियो ।

 


कार्यक्रममा Visit Nepal 2020 को प्रबर्द्धन गर्ने उदेश्यले नेपालको सास्कृतिक नाचहरु कुमारी नाच ,कौडा नाच, शेर्पा जातीको नाच, र सुदुरपश्चिम क्षेत्रको प्रचलित नाच, नेपालको लोपोन्मुख बाजागाजा, हातले बनाएको विभिन्न सामग्री तथा नेपालीको पर्यटकीय स्थल हरुको फोटो झल्किने दृश्यहरु प्राथमिकताका साथ देखाइएको थियो।

संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा नेपाली दूतावास आबुधाबीले दुई दिन ढिलो गरी शुक्रबार सार्वजनिक बिदा परेकाले कार्यक्रम आईतवार मनाएको हो ।

 

 

प्रकाशित मिति September 23, 2019
Loading...