विदेशमा कोरोनाबाट दुईसय ४४ जना नेपालीको मृत्यु

काठमाडौँ, असोज ४ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका दुई सय ४४ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विभिन्न १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।

कोरोनामन कारण नेपालसहित विश्वभर जम्मा ६ सय ४५ नेपालीको नि धन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक संजिव सापकोटाले जानकारी दिनुभयो । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङक्रमित भएका छन् ।

कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गु माएका छन् ।

विदेशमा अ लपत्र परेका ६९ हजार नेपालीको उ’द्धार गरिएको छ । सङ्घ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उ’द्धार गरिएको जनाइएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 20, 2020
Loading...