काठमाडौं–युएई उडान थपगर्न राजदुत नाक्बीको आग्रह

काठमाडौं, असोज ४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गरेका हुन् ।

मन्त्री भट्टराईले को भिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारको सहकार्यको प्रसंसा गदै आउदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे ।

राजदूत नाक्बीले काठमाडौं – युएई उडान थप गर्न आग्रह गरेका थिए । सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाडै निर्णय लिने जानकारी गराएका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 20, 2020
Loading...