वामदेव गौतम मन्त्री बन्नुहुन्छ : झलनाथ खनाल

काठमाडौं, असोज ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्टियसभा सदस्य वामदेव गौतम मन्त्री बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् । नेपाली बहस कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले गौतमलाई मन्त्री बनाउने खुलासा गरेका हुन् । उनले संविधानले गौतमलाई मन्त्री बन्न कुनै अवरोध नगरेको पनि स्पष्ट पारेका छन् । उनले भने-“वामदेवजी मन्त्री बन्नुहुन्छ । उहाँलाई मन्त्री बन्नको लागि संविधान बाधक छैन् ।”

त्यस्तै, खनालले छिट्टै मन्त्रिमण्डल पूनर्गठन गरिने तयारी भएको पनि जानकारी दिए । उनकाअनुसार अहिलेका अधिकांश मन्त्रीहरु हटाईने र उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याईने जनाए । खनालले समावेशिता अनुसारनै मन्त्रिमण्डल पूनर्गठन गरिन लागेको जनाए । पार्टीको सचिवालय बैठकमा समेत मन्त्रिण्डल पूनर्गठनबारे छलफल सुरु भएको छ ।

वामदेव गौतमविरुद्ध सर्वोच्चमा तीन रिट

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीनवटा रि ट निवेदन पेस भएका छन् ।

सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार ती रि ट निवेदन दायर गर्ने वा दरपीठ गर्ने भन्ने सम्बन्धमा विचाराधीन अवस्थामा छन् । ती कर्मचारीले भने– ‘गौतमलाई राष्ट्रिय सभामा लगिएको विरुद्ध तीनवटा छुट्टाछुट्टै रिट निवेदन आएका छन् ।’ ती दर्ता गर्ने वा नगर्ने भन्नेबारेमा अध्ययन भइरहेको बताइएको छ ।

त्यसमध्ये एउटा रिट निवेदन वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा पेस भएको छ । सो रिट निवेदनमा भनिएको छ– ‘प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्तिलाई संघीय संसद्को सोही कार्यकालभित्र राष्ट्रिय सभामा मनोनित गरिनु जनताको अभिमतको ग म्भीर अ पमान हो । प्रथम दृष्टिमै यो संविधानको जा लसाजीपूर्ण एवं क पटपूर्ण प्रयोग हो ।’

गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गर्नुभएको थियो । नेपालको संविधानको धारा ८६ ९२० ९ ख बमोजिम गौतमलाई सो सभाको सदस्यमा मनोनित गरिएको हो । पेस भएको रिट निवेदनमा संवैधानिक सरकार सीमित सरकारको अवधारणाबाट परिचालित हुने उल्लेख गर्दै संविधानले स्पष्टरुपमा प्रदान नगरेको शक्ति राज्यका कुनै निकाय तथा पदाधिकारीले प्रयोग गर्न नसक्ने स्पष्ट गरिएको छ ।

‘निज वामदेव गौतमलाई जनताले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा पराजित गरिसकेका छन् । लोकतन्त्रमा जनताले कसैलाई पनि द ण्डित वा पुरस्कृत गर्ने अन्तिम अधिकार राख्दछन् । यस सम्बन्धमा जनअभिमतलाई नि रस्त गर्ने अधिकार कसैलाई पनि प्राप्त छैन।’ –रिट निवेदनमा उल्लेख गरिएको छ । गौतम प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा बर्दिया जिल्लाबाट पराजित भएका थिए ।

गौतमलाई राष्ट्रिय सभामा ल्याइनु जनअभिमतको ग म्भीर अपमान हुनुका साथै संविधानको धारा २ को स्पष्ट उल्लंघन भएको रिट निवेदनमा जनाइएको छ । धारा २ मा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको कुरा उल्लेख छ ।

संविधानको धारा ७५ ले कार्यकारिणी अधिकार मन्त्रिपरिषद्लाई प्रदान गरेको भए पनि त्यसको प्रयोग वि वेकहीन तथा स्वेच्छाचारी ढंगले हुन नसक्ने रि ट निवेदनमा दाबी गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद । रिपोर्टस नेपालबाट

प्रकाशित मिति September 21, 2020
Loading...