मोरङमा पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु

मोरङ, असोज ५ । मोरङको ग्रामथान ४ मोतिपुरमा पोखरीमा डुबेर एकैपरिवारका ३ सदस्यको मृत्यु भएको छ । आइतबार पोखरीको माछा हेर्न बसेका २ छोरी र आमाको पानीमा डु बेर मृत्यु भएको हो ।

पोखरीमा डुबेर सोही गाँउपालिकाको पकिया गाँउका ३५ वर्षीया सीता अधिकारी, छोरीहरु १३ वर्षीया पवित्रा अधिकारी र ९ वर्षीया कृतिका अधिकारीको मृ त्यु भएको हो ।

माछालाई चारो दिएर छोरीहरु नुहाउने क्रममा डुबेपछि ब चाउन गएकी आमाको पनि मृत्यु भएको बताइएको छ ।स्थानीय रुद्र कट्वालको पोखरीमा अधिकारी परिवार माछा हेर्ने काम गर्दै आएका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 21, 2020