नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, असोज ५ । नेपाल कम्यूनिष्ट पार्टी, नेकपा सचिवालयको बैठक आजका लागि स्थगित भएको छ ।हिजोदेखि सुरु भएको नेकपा सचिवालय बैठक आज पुनः बस्ने तय भएको थियो । सचिवालय बैठक भोलि मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन, पार्टी एकताका बाँकी काम लगायतका कार्यसूचीहरुमाथि छलफल सुरु भएको छ । हिजोको बैठकमा नेताहरुले मन्त्रिपरिषद पुनर्गठनका बारेमा नीतिगत छलफल गर्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 21, 2020