काठमाडौं, असोज ५ । हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ । उनको आज बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ ।
उनको ७२ वर्षको उमेरमा निधन भएको हो । विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् । उनले हिमाल आरोहणमा गिनिज वर्ल्ड रेकर्ड सहित विभिन्न रेकर्ड कायम गरेका थिए । तस्बिरमा : स्व. आङरिता शेर्पा
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।
प्रकाशित मिति September 21, 2020