क्याप्टेन विजय लामा भन्छन्- कोरोनालाई सामान्य रोग नठान्नु

काठमाडौं, असोज ६ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन्।

कोरोना संक्रमण भएर स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत उनले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन्।

उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले आफू चाँडै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने बताएका छन्। क्याप्टेन लामाले आफू स्वस्थ्य भइरहेकाे र रोग जसलाई पनि लाग्न सक्ने भन्दै कोरोना लाग्दैमा नआत्तिन पनि भनेका छन्। उनले आफू स्वस्थ्य हुनुमा अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन्।

क्याप्टेन लामालाई हप्तादिन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान पुर्याएर फर्किदा कोरोना सन्क्रमण पुस्टी भएको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

 

प्रकाशित मिति September 22, 2020
Loading...