काठमाडौं उपत्यकामा ६४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज ६ । काठमाडौं उपत्यकामा ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ६४७ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा सबैभन्दा बढी ५११ ज्नामा सङ्क्रमणको पुष्ट भएको छ । ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना सङ्क्रमित पहिचान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौंमा १७३ महिला र ३३८ पुरुष, ललितपुरमा २७ महिला र ४६ पुरुष तथा भक्तपुरमा २२ महिला र ४१ पुरुष सङ्क्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 22, 2020
Loading...