नेपाल टेलिकमको तार चोरी गर्ने पक्राउ

विराटनगर, असोज ६ । नेपाल टेलिकम विराटनगरका विभिन्न स्थानका तार चोरी गर्ने पक्राउ चारजनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ, विराटनगर महानगरपालिका वडा नं ६ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रवीन सहनी र १९ वर्षीय सुमित सहनी छन् ।

जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई महानगरपालिकाको जामुनगाछीबाट टेलिकमको १५० पेयर र २२० मिटर केवल तार र को ९ प ४१५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । अभियुक्तलाई चो री ऐनअन्तर्गत कानूनी कारवाही गरिने प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 22, 2020
Loading...