काठमाडौंबाट हेटौंडा जादै गरेको स्कोर्पियो गाडी पहिरोले पुरिँदा चालकको मृत्यु

हेटौँडा, असोज ७ । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्गअन्तर्गत मकवानपुरको भीमफेदी–कुलेखानी सडक खण्डको इन्द्रसरोबर गाउँपालिका–२ देउराली नजिक स्कोर्पियो पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ ।

बुधबार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको स्कोर्पियोका चालक बारा जिल्लाको पर्सौनी गाउँपालिका – ४ का ४० वर्षीय युनिष आलमको घटनास्थलमा नै मृ त्यु भएको हो ।

बा १७ च ४८७४ नम्बरको स्कोर्पियोमाथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । मृ तक आलमको श व हेटौँडा अस्पताल ल्याइएको छ । सोही स्थानमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको पहिरोले बा ९७ प ४८५१ नम्बरको मोटरसाइकलसहित पुरिएका मोटरसाइकलमा सवार दुईजनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ महानगरपालिका २७ स्थित मण्डिखाटारका ४७ वर्षीय राज आचार्य र ५३ वर्षीय सञ्जीव अधिकारीलाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी प्रवक्ता रानाले बताउनुभयो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 23, 2020
Loading...