काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमण, थप तीनको मृत्यु

काठमाडौं, असोज ७ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप तीन जनाको मृत्यु भएको छ ।

संक्रमणबाट ललितपुरमा ७४ बर्षिय पुरुषको मृत्यु भएको छ भने काठमाडौंका १६ बर्षिय पुरुष र ६८ बर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 23, 2020
Loading...