सिन्धुलीको मरिण गाउँपालिका देशकै पहिलो आफ्नै पाठ्यक्रम सार्वजनिक गर्ने स्थानिय तह

असोज ७,
मरिण, सिन्धुली । नेपालमा रहेको ७५३ स्थानिय तह र ७७ जिल्ला मध्ये सिन्धुली जिल्लाको मरिण गाउँपालिका मुलुककै सबैभन्दा पहिला  आफ्नै पाठ्यक्रम सार्बजनिक गर्ने स्थानिय तह बनेको छ । सोमबार गाउपालिकामा आयोजित एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य वसन्त माझी र मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले संयुक्त रुपमा गाउँपालिकाको स्थानिय पाठ्यक्रम सार्वजनिक गरेको हो ।अहिले सम्म देशको कुनै पनि स्थानिय तहले आफ्नै पाठ्यक्रम सार्वजनिक गरेको थिएन ।

गाउँपालिकाले यसै शैक्षिकसत्रबाट कक्षा १ देखि ५ सम्मका लागि सो पाठ्यक्रम पढाइने जनाइएको छ ।

मरिण गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य बसन्त माझीले स्थानीय पाठ्यक्रमबाट बालबालिकाले कला, सम्पदा, संस्कृति, भूगोललगायत विविध विषयमा जानकारी लिनसक्ने बताउनुभयो । उहाँले बालबालिकालाई स्थानीय विषयमा जानकारी दिने पाठ्यक्रमले स्थानीय कला, सीप, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा अत्यन्त प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले पहिलो गाउँसभाले पारित गरेको स्थानीय तहको पाठ्यक्रम निर्माण कार्यले सफलता प्राप्त गरेको बताउनुभयो । उहाँले पाठ्यक्रम निर्माणमा सहयोग पुर्याउने नेपाल रेडक्रस सोसाईटी सिन्धुली, स्थानीय पाठ्यक्रम निर्माण समिति, प्लान इन्टरनेस नेपाल, पाठ्यक्रम निर्माण बिज्ञ, शिक्षक, अभिभाबक लगायत सबैलाई धन्यवाद दिनुभयो ।
उहाँले बालबालिकालाई स्थानीय ज्ञान, सीप र प्रबिधिबारे जानकारी दिदै आत्मनिर्भर हुन र जीबिकोपार्जनमा समेत पाठ्यक्रमले सहयोग पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो ।


त्यसैगरी बाढी पहिरो, खडेरी, आगलागी, हावाहुरी, चट्याङ, भूकम्प, जंगली जनावरको आक्रमणलगायत विपदबाट पर्ने असर न्यूनिकरणका लागि विपद् जोखिम ब्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना सार्वजनिक गरिएको छ । सो स्थानीय बिपद् तथा जलवायु उत्थानशील योजना निर्माण गर्दा पालिकास्तरको समिति र वडास्तरको समिति गठन गरेर सबैको सुझाब सल्लाह अनुसार नै योजना तयार गरिएको अध्यक्ष बम्जनले जानकारी दिनुभयो

यस योजनाले प्राकृतिक बिपद्बाट हुन सक्ने जोखिम न्युनिकरणका साथै बिपद्बाट बच्नको लागि पुर्बतयारी र बिपद्बाट हुन सक्ने जोखिमको असर कम गर्न सहयोग पुग्ने अपेक्षा गाउँपालिकाको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका अध्यक्ष असोक श्रेष्ठले स्थानीय तहको पाठ्यक्रम निर्माण गर्ने सन्दर्भमा मरिणगाउँपालिका सिन्धुलीमै पहिलो भएको बताउनुभयो । उहाँले मरिण गाउँपालिकामा बिपद् सम्बन्धी काम तयार पारिएको योजना अनुसार नै गरिनुपर्ने बताउनुभयो । मरिण गाउँपालिका सिन्धुलीको स्थानीय पाठ्यक्रम र स्थानीय बिपद् तथा जलबायु उत्थानशील योजना निर्माण गर्न प्लान इन्टरनेसनल नेपाल र रेडक्रस सोसाईटी सिन्धुलीले साझेदारी गरेको थियो ।

यो पनि पढ्नुहोस् –

सिन्धुलीको जुनार बगैँचाले पर्यटकको ध्यान तान्दै…

जुनारको राजधानी भनेर चिनिने सिन्धुली जिल्लाको करिब १५ सय हेक्टर जमिनमा जुनार खेती लगाइन्छ, विशेष गरेर सिन्धुलीको जलकन्या, रतनचुरा, मझुवा, तिनकन्या, भुवनेश्वोर क्षेत्रमा जुनार खेती गरिन्छ । यस क्षेत्रमा उत्पादन हुने रसिलो जुनारको माग देशैभर हुने गर्दछ ।
जुनार खेती लगाइने ठाउँको मौसम हावापानीको हिसाबले एकदमै राम्रो मानिन्छ ।

अहिले सिन्धुलीका किसानहरुले ब्यबस्थित तरिकाले जुनार खेती गर्न थालेका छन् त्यस क्षेत्रमा जुनारै जुनारको बोटहरुले ढकमक्क परेका डाडाहरु देख्न सकिन्छ । जुन दृश्यले सबैको मन लोभ्याउछ । आजभोलि विभिन्न ठाउँबाट सिन्धुलीको जुनार खेती अवलोकन भ्रमण गर्न आउनेको सङ्ख्या बढ्दै गैरहेको छ ।यसले एकतर्फ सिन्धुलीको कृषि पर्यटनको सम्भावनालाई बढाउदै लगिरहेको छ भने अर्कोतर्फ कृषकहरूको आर्थिक समृद्धिमा सुधार भैरहेको छ । यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन समितिले जुनार बगैँचा व्यवस्थापनको लागि कृषकलाई साना मेसिनरी तथा औजार उपकरणहरु उपलब्ध गराएको थियो ।

बार्सिक २० हजार मेटृक टनको हाराहारीमा उत्पादन हुने जुनार खेती बाट सिन्धुलीका किसानले करिब २५ करोडको आम्दानी गर्छन् । सिन्धुलीको रसिलो जुनार देशैभर प्रख्यात छ ।

प्रकाशित मिति September 23, 2019
Loading...