काठमाडौंमा धोबीखोलाले बगाउँदा १ जना बेपत्ता

काठमाडौं, असोज ७ । काठमाडौंमा धोबीखोलाले बगाउँदा एक जना बे पत्ता भएका छन् । कालोपुल क्षेत्रबाट दोलखा घर भएका ६५ वर्षका हरिबहादुर कार्कीलाई बगाएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

साँझ साढे ५ बजेतिर खबर आएपछि नेपाल प्रहरीको विपद व्यवस्थापन गुल्म र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले उनको खोजी गरिरहेको छ ।

कालोपुल क्षेत्रमा तरकारी पसल सञ्चालन गर्ने कार्कीलाई फेला पार्न नसकिएको गौशालाका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् । काठमाडौंमा आज विहानै देखि निरन्तर वर्षा भैरहेको छ ।

                                                          काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद । तस्बिर : अनलाइनखबर

प्रकाशित मिति September 23, 2020
Loading...