भारतका रेल राज्यमन्त्री अंगडीको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी : भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ६५ वर्षका उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सेप्टेम्बर ११ मा को रोना संक्रमण पुष्टि भएपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो । सुरेश अंगडी कर्नाटकको चन्नबसप्पाको बेलगामबाट लोकसभाका लागि निर्वाचित भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 24, 2020