कोरोना विशेष अस्पताल बुटवलमा दुई संक्रमितको मृत्यु

बुटवल, असोज ८ । कोरोना विशेष अस्पताल बुटवल रुपन्देहीमा बिहीबार बिहान दुई कोरोना संक्रमित विरामको मृत्यु भएको छ । उनीहरू कपिलवस्तु र पश्चिम नवलपरासीका भेन्टिलेटरमा राखी उपचार गर्दै गरिएका पुरुष हुन् ।

अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार असोज १ गते अस्पताल ल्याइएका कपिलवस्तुको बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे मृ त्यु भएको हो । मधुमेह समेत रहेका उनलाई असोज २ गतेदेखि भे न्टिलेटरमा राखी उपचार गरिएको थियो ।

यस्तै भदौ २७ गते अस्पताल ल्याइएका पश्चिम नवलपरासीको रामग्राम ३ का ४९ वर्षीय पुरुषको बिहान ४ बजे मृ त्यु भएको हो । कलेजोका वि रामी रहेका उनको असोज २ बाट भेन्टिलेटरमा राखि उपचार गरिएको थियो । यससंगै लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको यस कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 24, 2020
Loading...