सिन्धुली जिल्लाको सर्वोकृष्ट प्रहरीमा इन्स्पेक्टर शान्ता वाइबा

सिन्धुली, असोज ८ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भदौ महिनाको सर्बोत्कृष्ट प्रहरी कर्मचारीमा इलाका प्रहरी कार्यालय खुर्कोटकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शान्ता वाइबालाई छनौट गरेको छ ।

बिप्लब कार्यकर्तालाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय खुर्कोटबाट वाइबाको कमाण्डमा रहेको प्रहरी टोलीलाई सफलता मिलेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कार्य सम्पादनको आधारमा प्रहरी निरीक्षक वाइबालाई भदौ महिनाको उत्कृष्ट कर्मचारी छानेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले भने, ‘आन्तरिक कार्यसम्पादन मूल्यांकनमा उहाँका काम उत्कृष्ट पाइएकाले प्रशंसा गर्दै त्यसको निरन्तरताका लागि सम्मान गरिएको हो ।’

समग्र सिन्धुली जिल्लाभित्र सर्बोत्कृष्ट प्रहरी कर्मचारी छनौट भएकी प्रहरी निरीक्षक वाइबाले आफू उत्कृष्ट कर्मचारी परेको थाहा पाउदा धेरै खुशी लागेको बताइन । उनले भनिन, ‘आउँदा दिनमा काम गर्दा अझै राम्रो गर्ने प्रयास गर्नेछु । अझै राम्रो काम गर्न प्रयास गर्ने हो ।’

वाइबाको कमाण्डमा रहेको टोलीले गएको भदौ १४ गते सिन्धुलीको दुधौली नगरपालिका १३ मा पर्ने ओडारे भन्ने स्थानबाट शिक्षक अप’हर’णमा संलग्न बिप्लब समुहका ७ जना कार्यकर्तालाई नि यन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलय सिन्धुलीलाई बुझाएको थियो ।

सो घटनामा प्रहरी निरीक्षक वाइबाले फा यर समेत खोली बिप्लब कार्यकर्तालाई भा ग्न समेत नदिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सो घटनामा बिप्लब कार्यक्रताको साथबाट ४ थान सु तली ब म, ८ वटा जि आइ पाइप समेत ब रामद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वाइबालाई सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको साथै अरु प्रहरीलाई समेत प्रात्साहन गर्न सर्वोत्कृष्ट कर्मचारी छनौट गरेको जनाएको छ ।

प्रहरी निरीक्षक वाइवाले को रोना प्रकोपले ल कडाउन हुँदा पैदलयात्रीको उद्दार गरेको भनेर धेरैले प्रशंसा गरेका थिए । उनको सक्रियताको राष्ट्रिय महत्वका साथ सञ्चार माध्यमले कभरेज गरेका थिए ।

प्रदेश प्रहरीले आफू मातहतका जिल्लामा पर्ने प्रहरी सङ्गठनका कर्मचारीलाई प्रोत्साहन होस भनेर साउन महिनादेखि यस्तो सम्मान गर्ने नीति अबलम्बन गरेको छ । यसअघि पनि खुर्कोटमै कार्यरत अस्थायी ट्राफिक प्रहरी पोस्ट खुर्कोटका ट्राफिक प्रहरी हवल्दार राम प्रसाद थपलियाले वागमती प्रदेशकै सर्बोकृस्ट ट्राफिक प्रहरी पुरस्कार पाएका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 24, 2020