काठमाडौं, असोज ८ । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा सहितको टोलि आज लुक्ला पुगेको छ ।
हिजोनै त्यसतर्फ जाने तयारीमा रहेको टोलि मौसम खराबीका कारण रोकिएको थियो । उक्त टोलिमा बहराइनका १५ र तीन बेलायती नागरिक छन् । बहराइनका राजकुमारसहित ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए ।
टोलीका अन्य सदस्य, गाइड तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका छन् । नेपालमा को रोना म हामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो ।
गाइड, टोली नेता, सम्पर्क अधिकृत गरी करिब २१ जना थप टोलीमा समावेश गरेर पहिला खुम्बु क्षेत्रको लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम रहेको बताइएको छ। राजकुमारको टोली ११ दिनमा लोबुचे आरोहण गरी फर्किने कार्यक्रम छ।
त्यसपछि गोरखा जिल्लामा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि राजकुमारको टोली प्रस्थान गर्नेछ। हेली एभरेस्ट चार्टर्ड गरेर नै मनास्लुसम्मको यात्रा तय हुनेछ। मनास्लु आरोहणका लागि पर्यटन विभागले स्वीकृति दिइसकेको छ ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।
प्रकाशित मिति September 24, 2020