प्रथम मरिण गोल्डकप २०७६ आज बाट सुरु, सिन्धुली र सर्लाहीको गरी २० टिमको सहभागिता

मरिण, सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकाको सहयोगमा बडा दशैको अवसर पारेर “ नमो: बुद्ध युवा क्लब देउजोर द्वारा आयोजित ” प्रथम मरिण गोल्डकप ” २०७६ नकआउट फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ ।

सर्बाधिक पुरस्कार राशीको प्रतियोगितामा बिजयी टिमले एक लाख नगद र दोस्रो हुने टिमले पचास हजार नगद पुरस्कारका साथसाथै ट्रफी प्राप्त गर्नेछन भने प्रतियोगितामा विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता सिन्धुली जिल्ला मरिण गाउँपालिका -७ स्थित बार्हबिसे खेल मैदानमा संचालन हुनेछ ।

सिन्धुली देखी सर्लाही सम्मका क्लबहरु गरेर २० टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी क्लबहरुको नामवली यसप्रकार छ

१. नमोबुद्द युबा क्लब, देउजोर
२. शान्ति युबा क्लब, साहान
३. जनहितैसी युबा क्लब, नक्कली
४. लालीगुरास युबा क्लब, खनियाखर्क
५. सप्तरंगि युबा क्लब, नेपानी
६. सृजना युबा क्लब, महेश्वत्ता
७. कोलटार युबा क्लब, ग्याङ्लेख
८. सृजना संगम युबा क्लब, रानिवास
९. पन्चकन्या युबा क्लब, बेतिनी
१०. बाहुने युबा क्लब , सर्लाही
११. जनज्योति युवा क्लब, छाप
१२. मिलिजुली युवा क्लब, फुलबारी
१३. नमो: बुद्द युबा क्लब सि, देउजोर
१४. बाके युबा क्लब, सर्लाही
१५. नमो: बुद्ध युबा क्लब बि, देउजोर
१६. सगरमाथा सन्कल्प युवा क्लब, मरुवा
१७. मथौली युबा क्लब, मथौली
१८. बिहानी युवा क्लब, बेलटार
१९. हरिहरपुरगढी युवा क्लब, हरिहरपुर
२०. नव प्रतिभा युबा क्लब, मिलनचोक

रहेका छन् । प्रतियोगिताको सम्पूर्ण खेल मरिण गाउँपालिका -७ बार्हबिसे खेल मैदानमा सन्चालन हुने जानकारी गराएको छ । फाइनल खेल असोज १७ गते बेलुका २ बजे सुरु हुनेछ ।

 

प्रकाशित मिति September 24, 2019
Loading...