साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको नेपालको ठेगाना र आफन्त खोज्दै दूतावास

रियाद, असोज ८ । साउदी अरेबियाको अस्पतालमा उपचाररत प्रकाश गुरुङको आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ ।

बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार भइरहेको छ । नामबाहेक नेपालको ठेगाना, परिवार, आफन्तको बारेमा जानकारी नभएको भन्दै दूतावासले प्रकाशलाई चिन्ने जान्नेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

फोटोमा देखिने प्रकाशलाई कसैले चिनेमा या उहाँको आफन्तको बारेमा जानकारी भएमा साउदी अरेबियामा रहेको नेपाली दूतावासमा ०११४६१११०८, ०५५९३८९६०० फोन गर्न या conriyadh@mofa.gov.npमा इमेल गर्न पनि दूतावासले सबैमा अनुरोध गरिएको छ ।                        साउदी अरेबिया स्थित नेपाल राजदुतावासले जारी गरेको सूचना – 

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 24, 2020