‘रामलखनको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो’

काठमाडौं असोज ८ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ।

प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकूलपति देवनारायण साहलेले को भिड १९ का कारण समयमा नै शवको व्यवस्थापन गर्न कठिन भएको बताएका छन्। सो दिन कारागार प्रशासनले राती १०:५५ बजे ल्याउँदा नै उहाँको मृत्यु भएको पाइएको साहले जानकारी दिए।

मृतककी छोरीले अर्को दिन बाबुको अन्तिम पटक मुख हेर्ने इच्छा गरेकाले दिइएको उनले बताए। छोरीले बाबुको फोटो खिचेर हालेपछि त्यो भा इरल भएको थियो। उनले भने, ‘जेलले किन अस्पताल ल्याउन ढिलो गर्‍यो भन्ने जवाफ वीर अस्पतालले भन्न सक्दैन।’

अस्पतालमा श व गृह नहुँदा त्यसको व्यवस्थापन हुन नसकेको उपकुलपति साहले बताए। समाान्य अवस्थामा अस्पतालले केही समय रहने शवलाई त्रिवि शिक्षण अस्पतालको शव गृहमा पठाउने गरेको थियो। को भिड १९ का कारण अहिले पठाउन सकिएको छैन।

समितिकी सदस्य अञ्जना बिसङ्खेले जैसवालको मृ त्युका बारेमा फै लिएको ह ल्लाका बारेमा सत्यतथ्य आउनुपर्नेमा जोड दिइन। समिति सदस्य खगराज अधिकारीले अस्पतालले आगामी दिनमा शौचालयदेखि यहाँको श व व्यवस्थापनसम्मको विषयमा ध्यान दिनुपर्ने औँल्याए। रासस

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 24, 2020
Loading...