पहिरो गएको ठाउँबाट ट्याक्सी खस्दा एकको मृत्यु चार घाइते

धादिङ, असोज ९ । काठमाडौंबाट सुत्केरी लिएर धादिङबेसीतर्फ आउँदै गरेको ट्याक्सी पहिरो गएको ठाउँबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

परिवार सहित सवार ट्याक्सी दुर्घटनामा परी मृत्यु हुनेमा सुत्केरीका आफन्त गंगाजमुना–३ की ५० वर्षीया बिन्दु तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । सो दु र्घटनामा परेर सुत्केरीसहित चार जना घाइते भएका छन् ।

मलेखु धादिङबेसी कालुपाण्डे मार्गको सिद्धलेक–६ तिरतिरेधारा नजिकैको पहिरोबाट बा १ ज १२६२ नम्बरको ट्याक्सी बिहीबार राति अन्दाजी १ सय ५० मिटर तल खसेर थोपलखोला खेतमा पुगेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले जानकारी दिनुभएको छ । सो स्थानमा गत साउन ५ को अविरल वर्षाले पहिरो गएको थियो ।

पहिरो गएको दुई महिना बितिसक्दा सम्म निर्माणको कार्य अगाडि बढेको छैन । जो खिमपूर्ण उक्त स्थानमा पहिरो छिचोलेर सवारी साधनहरु चल्ने गरेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 25, 2020