पहिरोसँगै बस भिरबाट खस्दा एकको मृत्यु, ६ जना घाइते

कावासोती, असोज ९ । पूूर्व पश्चिम राजमार्ग अन्तर्गत बिनयी त्रिवेणी गाउपालिका -२ दाउन्नेको बिश्वकर्मा मन्दिर नजिकै बिहिबार बेलुकी माथिबाट खसेको पहिरोसँगै बस भिरबाट तल ख स्दा एक जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट गाउँपाकिला १० बस्ने २५ वर्षको हरिषचन्द्र केसीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

बसमा १८ जना सवार रहेका थिए । प्रहरी र स्थानीयको टोलीले उद्धार गरि घाईते सात जनालाई पुरानो मेडिकल कलेज लगिएको थियो । घाईते मध्ये एक जनाको मृ त्यु भएको हो । बसमा सवार अन्य ११ जनाको अवस्था सामान्य रहेको छ ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ७९४० नम्बरको बसलाई पहिरोसंगै खसेको लेदोले सडकबाट ३० फिट तल बस ख सालेको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभयो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 25, 2020
Loading...