नेपाली चलचित्र ‘टुक्रिएको मन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, असोज ९ । प्रेमकथामा आधारित नेपाली टेलि चलचित्र ‘टुक्रिएको मन’ युट्युव मार्फत सार्वजनिक गरिएको छ।

विभिन्न हास्यव्यङ्ग्य सिरियलहरूमा कथा लेखन, अभिनय र निर्देशनसमेत गरिसकेका अनुपम पौडेलले यस चलचित्रको कथा लेखन र निर्देशन गरेका छन्। चलचित्र ‘हिमालयन म्युजिक’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

ऋषि कडेल निर्माता रहेको उक्त चलचित्र हिमालयन म्युजिकको व्यानरमा निर्माण भएको हो। चलचित्रमा सुगन खत्री, प्रनिशा कार्की, राम तिमल्सेना, करण गिरी, सुरेन्द्र खड्का, दीपा गेलाल, बालकुमार श्रेष्ठ, एलिसा तामाङलगाएत कलाकारको अभिनय रहेको छ। साथै रवीन्द्र लम्सालले उक्त चलचित्रको छायांकन र सम्पादन गरेका हुन्।

प्रेम सम्बन्धकै कारण परिवार र समाजबाट साथ नपाएपछि उत्पन्न परिस्थितिका साथै समाजमा रहेका विभिन्न वि कृत पक्षलाई चलचित्र मार्फत देखाउने प्रयास गरेको लेखक तथा निर्देशक पौडेल बताउँछन्।

चलचित्र ‘हिमालयन म्युजिक’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियो –

 

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 25, 2020
Loading...