ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण

ललितपुर, असोज ९ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।

बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी महर्जन कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका छन् ।

‘जिउ कटकटी दुख्ने, टाउको दु ख्ने समस्या भएपछि स्वा ब दिएको थिएँ, रिपोर्ट पोजेटिभ आयो, महर्जनले भने,‘मेरो सम्पर्कमा रहनु भएका सबैलाई पनि सचेत रहनु हुन अनुरोध गर्दछु।’ सरकारले तोकेको होम आइसोलेसनको पूर्वाधार भएकोले बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनले बताए ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । मेयर शाक्यलाई भदौ १५ गते कोरोना पुष्टि भएको थियो भने भदौ २८ गते उनी कोरोनामुक्त भएका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 25, 2020