साउदी अरेबियाबाट ३४ चार्टर्ड उडान हुने

साउदी अरेबिया, असोज १० । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ताको लागी साउदी अरेबियाको जेद्धा, दमाम र रियाद शहरबाट ३४ चार्टर्ड उडान हुने भएको छ।

साउदीमा रहेको नेपाली दुतावास रियादका अनुसार हिमाल एयरलाइन्सले अक्टोबर महिनाको लागि दमाम शहरबाट २५ चार्टर्ड गर्नुको साथै नेपाल एयरलाइन्सले रियाद शहरबाट ५ उडान गर्ने भएको छ। सेप्टेम्वर २६ र २८ तारिखमा सलाम एयरलाइन्सले रियाद शहरबाट २ उडान गर्ने जनाइएको छ।

वाणिज्य दुतावास जेद्धा र रियाद दुतावासबाट हालसम्म स्वदेश फिर्ताको लागि तयार रहेका २६ हजार ४ सय ३६ जनाको नामावली सार्वजनिक गरेको छ। जेद्धा शहरबाट नेपाल एयरलाइन्सको २ उडान हुने भएको छ।

को रोना भा इरसको असरबाट साउदीमा कार्यरत हजारौँ नेपालीले रोजगार गुमाएर स्वदेश फिर्ताको लागि तयार रहेका र विभिन्न कारणले अ लपत्र परेका अवस्थामा नेपाल सरकारले स्वदेश फिर्ताको लागि चार्टर्ड उडानको व्यवस्था गरेपछि सहज हुने भएको हो।

हिमाल एयरलाइन्सले रियाद शहरबाट नियमित उडानसमेत गर्ने जनाइएको छ। हालसम्म १० हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएका छन्।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 26, 2020