सिन्धुलीको ग्वाल्टारमा स्काभेटर दुर्घटना

सिन्धुली, असोज १० । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-४, ग्वाल्टारमा स्काभेटर दुर्घटना भएको छ ।

शनिबार बिहान बाटो खन्ने क्रममा दुर्घटना हुँदा स्थानीय लालबहादुर भुजेलको गोठमा क्षति पुगेको छ । स्काभेटर खसेर गोठ पूर्ण रूपमा काम नलाग्ने भएको छ । माथिबाट स्काभेटर खसेपछी बाच्छो र बाख्रा च्या पिएको थियो ।

स्थानीयले च्या पिएका बाख्रा र बाच्छो सकुशल निकालेको स्थानीय गौरब कार्कीले बताए । बाटो फराकिलो बनाउने क्रममा स्काभेटर दुर्घटना भएको थियो ।                                                                                                                       सिन्धुली जिल्लाभर अहिले स्काभेटर प्रयोग गरेर बाटो बनाउने क्रम तीब्र रुपमा साथ चलिरहेको छ । जिल्लाको विभिन्न गाउँपालिका देखी नगरपालिकाहरुले आफ्नो वडाहरुमा सडक विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाईरहेका छन् ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 26, 2020
Loading...