प्रथम मरिण गोल्डकप : आयोजक द्वारा शान्ति युबा क्लब, साहान ५-० ले पराजित

मरिण गोल्डकप विशेष – 

असोज ७ , सिन्धुलीको मरिण गाउँपालिकाको सहयोगमा नमो: बुद्ध युवा क्लब देउजोर द्वारा आयोजित एक लाख पुरस्कार राशीको ” प्रथम मरिण गोल्डकप ” २०७६ फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ । खेलको उत्घाटन प्रदेश सभा सदस्य बसन्त माझीले गर्नुभएको थियो ।

आज भएको उत्घाटन खेलमा आयोजक नमोबुद्द युबा क्लब देउजोरले शान्ति युबा क्लब, साहानलाई ५-० गोल अन्तरले हराएको छ यो संगै शान्ति युबा क्लब, साहान प्रतियोगिता बाट बाहिरिएको छ । आजको खेलको Man of The Match भने आयोजक नमोबुद्द युबा क्लब, देउजोर का रितिक खड्का बने ।

प्रतियोगितामा सिन्धुली देखी सर्लाही सम्मका क्लबहरु गरेर २० टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी क्लबहरुको नामवली यसप्रकार छ –

१. नमोबुद्द युबा क्लब, देउजोर
२. शान्ति युबा क्लब, साहान
३. जनहितैसी युबा क्लब, नक्कली
४. लालीगुरास युबा क्लब, खनियाखर्क
५. सप्तरंगि युबा क्लब, नेपानी
६. सृजना युबा क्लब, महेश्वत्ता
७. कोलटार युबा क्लब, ग्याङ्लेख
८. सृजना संगम युबा क्लब, रानिवास
९. पन्चकन्या युबा क्लब, बेतिनी
१०. बाहुने युबा क्लब , सर्लाही
११. जनज्योति युवा क्लब, छाप
१२. मिलिजुली युवा क्लब, फुलबारी
१३. नमो: बुद्द युबा क्लब सि, देउजोर
१४. बाके युबा क्लब, सर्लाही
१५. नमो: बुद्ध युबा क्लब बि, देउजोर
१६. सगरमाथा सन्कल्प युवा क्लब, मरुवा
१७. मथौली युबा क्लब, मथौली
१८. बिहानी युवा क्लब, बेलटार
१९. हरिहरपुरगढी युवा क्लब, हरिहरपुर
२०. नव प्रतिभा युबा क्लब, मिलनचोक

रहेका छन् ।

प्रतियोगिताको फाइनल खेल असोज १७ गते बेलुका २ बजे हुनेछ ।

स्थान – मरिण गाउँपालिका -७ बार्हबिसे खेल मैदान ।

तस्बिर / आयुश तामाङ

प्रकाशित मिति September 24, 2019