कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु, १२०७ संक्रमित थपिए

काठमाडौं, असोज १० । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले बताएको छ ।

                                                                               त्यस्तै पछिल्लो २४ घण्टामा ११४७ जना को रोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा को रोना संक्रमणबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 26, 2020