युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २६ जनाको मृत्यु

एजेन्सी : युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । विमानमा सैन्य अधिकारी, चालक दलका चार जना सदस्यसहित २७ जना सवार रहेको बताइएको छ ।

मृत्यु हुनेमा अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवानहरु रहेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था ग म्भीर रहेको छ । राजधानीबाट चार सय किलोमिटर उत्तर पूर्वमा रहेको स्थानमा विमान दु र्घटना भएको हो । दु र्घटनाको कारण खुलेको छैन ।

युक्रेनका सरकारी अधिकारीले चालक दलका सदस्यहरुको ला परवाहीका कारण विमान दुर्घटना भएको बताएका छन् । दुर्घटना अघि चालकले वि मानमा केही ख राबी आएको संकेत गरेको बताइएको छ ।                                                         

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले विमान दुर्घटनाबारे छानविन गर्न निर्देशन दिएका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 26, 2020
Loading...