कोरोनाबाट विदेशमा एक सातामा २१ नेपालीको निधन

काठमाडौं, असोज ११ : विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एक सातामा २१ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार थप २१ जना नेपालीको ज्यान गएको सो साता पुष्टि भएको हो।

कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना र युगान्डामा १ जना गरी यो साता २१ जनाको ज्यान गएको पुष्टि भएको संघको कोभिड १९ उच्चस्तरीय समितिका प्र.स संयोजक चिरण शर्मालै जानकारी दिए। संघका अनुसार शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली को रोना भाइरसबाट संक्रमति भएका छन्। तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्। कुल संक्रमितमध्ये ९२ प्रतिशत सक्रमित कोरोना जितेर घर फर्किसकेका छन्।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो सातामा पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७ सय ३२ जनाको निधन भएको छ। यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन्।

समितिका संयोजक डा. सञ्जीव सापकोटाले को रोनो सक्रममणको जो खिम उत्तिकै रहेकाले दुई मिटर (६ फिट) सम्मको दुरी कायम गर्न, मास्क लगाउन र भीडभाड नगर्न आग्रह गरेका छन्। ‘कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ’, उनले भने। हावाबाट सर्नै भन्दै भ्र म फै लाइएको भन्दै त्यसमा सत्यता नभएको उनले बताए।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ ।

प्रकाशित मिति September 27, 2020