सिन्धुलीमा एकै परिवारका ६ सहित ९ जनामा कोरोना पुष्टि

सिन्धुली, असोज ११ । सिन्धुलीमा आइतबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका-६ का एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु २० देखि ६० वर्ष सम्मका व्यक्ति रहेका छन् । २ जना महिला र ७ जना पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । असोज ६ गते २८ जनाको स्वाव संकलन गरि परिक्षणका लागि हेटौडामा पठाईएको थियो ।

संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन गरि पठाईएकोमा परिक्षण हुदा एकै परिवारका ६ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । उनका अनुसार अन्य तीन जना जिल्ला बाहिरबाट आई क्वारेन्टाईनमा बसेका व्यक्तिहरु रहेका छन् ।

लकडाउन खुलेपछि जिल्लामा धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । योसँगै सिन्धुलीमा संक्रमितको संख्या ७७ पुगेको छ । ती मध्ये ६१ जना निको भई घर फर्किसकेका छन भने बाकी सिन्धुली अस्पताल तथा एपोलो अस्पतालको आइसोलेसनमा उपचाररत छन ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ ।

प्रकाशित मिति September 27, 2020
Loading...