कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, १५७३ संक्रमित थपिए

काठमाडौं, असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ४७७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्

यससँगै नेपालमा को रोना संक्रमणबाट निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा र सकृय सङ्क्रमित १९ हजार १९ पुगेको छ । क्वारेन्टिनमा छ हजार २८१ जना छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ ।

प्रकाशित मिति September 27, 2020
Loading...