काठमाडौ, असोज ११ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप ५ जनाको मृत्यु भएको छ । संक्रमणबाट ललितपुरमा दुइ पुरुषको मृत्यु भएको छ भने काठमाडौंका एक महिला र दुइ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ ।
प्रकाशित मिति September 27, 2020