चीनद्वारा सीमा अतिक्रमण गरिएको भन्दै वीरगञ्जमा प्रदर्शन

वीरगंज, असोज ११ । चीनले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा प्रदर्शन भएको छ । आइतवार नव जनकल्याण युवा सञ्जाल पर्साले घण्टाघरमा चीनबाट सीमा अतिक्रमण गरिएको भन्दै अतिक्रमणविरूद्ध प्रदर्शन गरेका हुन् ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ६ लिमीको भूमि अतिक्रमण गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेको सञ्जालका अध्यक्ष सगीर अलिले बताए ।

प्रदर्शनकारीहरुले चीन वि रुद्ध नाराबाजी गर्दै प्लेकार्डसहित प्रदर्शन गर्दै चीनले अ तिक्रमित नेपाली भूमि खाली नगरे प्रदर्शन जारी राख्ने चे तावनी दिएका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ ।

प्रकाशित मिति September 27, 2020
Loading...