विपी राजमार्गको पिपल भन्ज्याङ्गमा भ्यान र बाइक ठोक्किँदा एकजनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गको पिपल भन्ज्याङ्गमा मंगलबार दुर्घटनाहुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.१७.च.८३४६ नम्बरको.पिकअप र काठमाडौँतर्फ जाँदै गरेको ज.१०.प.७३५७ नम्बरको मोटरसाइल कमलामाई नगरपालिका २ स्थित पिपल भन्ज्याङ्गमा एकआपसमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार, घटनामा मृत्यु हुनेमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका २ का २० वर्षीय सुनिल घतानी रहेका छन् । उनी मोटरसाइलको पछाडि बसेका थिए । उनको सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मोटरसाइकल चालक जिल्ला महोत्तरी बर्दिबास न.पा.२ बस्ने बर्ष २१ को सुसिल बि।क। रहेको र उनको दाईने हात र खुट्टामा चोट लागेको अबस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति September 24, 2019
Loading...