प्रथम मरिण गोल्डकप : नक्कली द्वारा खनियाखर्क २-० ले पराजित

असोज ८ , सिन्धुलीको मरिण गाउँपालिकाको सहयोगमा बडा दशैको अवसर पारेर नमो: बुद्ध युवा क्लब देउजोर द्वारा आयोजित एक लाख पुरस्कार राशीको ” प्रथम मरिण गोल्डकप ” २०७६ फुटबल प्रतियोगिता मरिणमा सन्चालन भईरहेको छ । आज बेलुका भएको खेलमा जनहितैसी युबा क्लब नक्कलीले लालीगुरास युबा क्लब खनियाखर्कलाई २-० गोल अन्तरले हराएको छ ।

यो संगै लालीगुरास युबा क्लब, खनियाखर्क प्रतियोगिता बाट बाहिरिएको छ ।

प्रथम मरिण गोल्ड्कपमा दर्शकहरुको बाक्लो उपस्थिति

 

प्रतियोगितामा सिन्धुली देखी सर्लाही सम्मका क्लबहरु गरेर २० टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी क्लबहरु –

१. नमोबुद्द युबा क्लब, देउजोर
२. शान्ति युबा क्लब, साहान
३. जनहितैसी युबा क्लब, नक्कली
४. लालीगुरास युबा क्लब, खनियाखर्क
५. सप्तरंगि युबा क्लब, नेपानी
६. सृजना युबा क्लब, महेश्वत्ता
७. कोलटार युबा क्लब, ग्याङ्लेख
८. सृजना संगम युबा क्लब, रानिवास
९. पन्चकन्या युबा क्लब, बेतिनी
१०. बाहुने युबा क्लब , सर्लाही
११. जनज्योति युवा क्लब, छाप
१२. मिलिजुली युवा क्लब, फुलबारी
१३. नमो: बुद्द युबा क्लब सि, देउजोर
१४. बाके युबा क्लब, सर्लाही
१५. नमो: बुद्ध युबा क्लब बि, देउजोर
१६. सगरमाथा सन्कल्प युवा क्ल*ब, मरुवा
१७. मथौली युबा क्लब, म*थौली
१८. बिहानी युवा क्ल*ब, बेलटार
१९. हरिहरपुरगढी युवा क्लब, हरि*हरपुर
२०. नव प्रतिभा युबा क्लब, मिलन*चोक

रहेका छन् ।

मरिण गाउँपालिका -७ बार्हबिसे खेल मैदानमा भईरहेको प्रतियोगिताको फाइनल खेल असोज १७ गते बेलुका २ बजे हुनेछ ।

प्रकाशित मिति September 25, 2019
Loading...