थपिए १३५१ कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

काठमाडौं, असोज १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना को रोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।
को रोना सङ्क्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा र सक्रिय सङ्क्रमित १९ हजार ६२४ पुगेको छ । क्वारेन्टिनमा छ हजार ३१० जना छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनु होला ।

प्रकाशित मिति September 28, 2020
Loading...